Tuesday, April 21, 2009
एक्लो पहाड
पाल्पाली बनकाइँला
गोरु गाडा र ट्रयाक्टरको आवाज पछ्याउंदै पुग्ने गाउँलाई
बालुवाको सानो ढिस्कोले छेक्छ केहीवेर
साँझको पातलो घामको छायामा बिलाउन खोज्छ
पीपलको पात र सल्लाको आवाज
ओराली परेको गोरेटो बाटोमा पाहुना हुनेछन्-चाड मनाउन आएका
दोहोरी लत्तै र्फकने छन्,
लेउ लागेको चिप्लेटीमा पाईलाहरू पर्नेछैनन्
बाटोभरि बिछ्याउंदै, देउरालीको भीमसेन पातीले
सम्झना गर्नेछन् काट्न बाँकी बाटोको यादलाई
केटाकेटीहरू अतालिनेछन् बाटोको लम्वाई नापेर
खोल्सा खोल्सीमा बगेको पानीको आवाज
निकै पुरानो नोष्टाल्जियामा बाँच्दै गरेको एउटा आधुनिक गाउँ
पुरानु दोहोरी गीतको धुन
आधुनिक टेलिभिजनले छरेको रंग
यो राजनीतिको भाकाले कोरेको नयाँ सीमारेखा
सास फर्ेन पनि गाह्रो छ
उधारो छ पाखाभरि पहिरो र पसिनाको
फर्ेन मिल्ने भाकाहरू छैनन्
रित्तो काईंयोको पोथ्रा र बाँसघारी
सुनसान चिया पसल र पानी पंधेरो
केटाकेटी र बुढाबुढीको लहरे खोकी मात्रै छ गाउँमा !
मसिनो शीतको थोपा आकाश चिर्छ
शरदको जून पोखिन्छ र मानिसहरू मायालु बन्छन्
बाक्लो लवजमा कोही आउने छ
व्रि्रोही जस्तो पदचाप लिएर
अपहरण गरेर वस्नु पर्छ पानी तर्ीखालाई
बालुवाको कविता लेखिएको क्षण पनि
सम्झाउन खोज्नु पर्ने छ
सुल्पा तानिरहेको बुढालाई,
तखतामा सजाइएको छोपको अचारलाई र आमालाई
तर्पायं परेको ढुङ्गेलो बाटोभरि
यादले सताउने छ !
उ गयो यो अँध्यारो जस्तो बाटो चिरेर
त्यसभन्दा पर अर्को भूगोल पनि हुनु पर्छ
एउटा सम्झना लिएर
जून पोखिएको बाटो हुँदै
सलाम गाउँलाई -
लाहुरेको कथाजस्तो
कतिखेर ओइलाउने र कतिखेर बौराउने बावरी फूलको लहर
सुकेर, ओइलिएका थाँक्राभरिका तरकारी
बजार हुने छैन
सारन तारनमा अडिउन्जेल चल्नेछ
यो सम्वन्धको डोरी
गाईगोठ जस्तो अल्मलाई
ढुङ्गा, गीटी र बालुवा भरिएको यात्रा
आफैं उठेको बिस्तारै
आफैं झरेको बिस्तारै
विपर्यास गति लिएर
न अघि न पछि
बढ्नु छ केवल प्रत्येक दिन मन्दिरको घण्टीसम्म
कहाँनेर भेटुं होला
यो निश्चल पानीको बहाव र प्रेमको संगमलाई †
गाउँभरि कुकुर मात्रै भुक्ने छन्- साँझभरि
खुकुरी बज्ने छ - छापामारको मार्चपास जस्तो
हिनहिनाएर बाटो काट्ने त्यो मात्र हुने छ
त्रास भरिएको अर्को दिनले छोप्छ फेरि
हामी समेटिन सक्दैनौं
मसिना स्वरहरूको अर्थ केही हुन्न
कि हावाले उडाउंछ
कि पर्खालले छेकिदिन्छ !
भाग्नुपर्छ यहाँबाट पनि भने-
नीलो खोलाको पानी हुनेछु कि नीलो तलाउ
धुपी र लहरे सल्लाको कुमारी गन्धमा हराउने छु
पाइला नै नपरेको भर्जिन पहाडहरूमा
नाउरको प्रेमालाप हेर्दै रमाउन हुनेछ
या चौंरीको खुरबाट उडेको धुलोले अनुहार छोपिदिन्छ
यो पहाडको खोचवाट हिउँ झरेको छ
हिउँको थुप्रोमा छायाहरू कोरिन्नन्
ती पग्लिएर झर्ने पानीका आकारहरू हुन्
नीलो आकाश र सेतो वादलको लुकामारी हुन्छ
तर यो नाङ्गो पहाडले घाम छोपिदिन्छ †
पानी परेको वखत ओत लाग्न बलेसीहरू छैनन्
त्यो सानो खोलाको धारो, पानी घट्ट र उकालोको घुमाउने चौतारी
उस्तै छैनन्,
फेरिएको छ वादलको रंग,
एउटा छोर्तेन आइपुग्नुपर्छ-
तर हामीहरू हिडिरहेका हुनेछौं !